काठमाडाैं ।। कोरोना भाईरसको महामारीको कारण स्थगित च्याम्पियन्स लिग फुटबल अगष्ट ७ बाट सुचारु हुने भएको छ । युनियन अफ युरोपियन फुटबल एसोसियसन (यूईएफए) ले बुधबार च्याम्पियन्स लिग अगष्ट ७ बाट सुचारु गर्ने निर्णय गरेको हो । कोरोनाको कारण गत मार्चबाट च्याम्पियन्स लिग स्थगित गरिएको थियो । अन्तिम १६ का खेलहरु चलिरहदा लिग स्थगित भएको थियो । अन्तिम १६ को दोस्रो लेगको खेल स्थल भने तय भएको छैन । तर, यूएईएफएले क्वाटरफाइनल पछिका खेल पोर्चुगलको लिस्बनमा १२ दिन भित्र सक्ने जनाएको छ । फाइनल खेल अगष्ट २३ मा हुनेछ । च्याम्पियन्स लिगको क्वाटरफाइनल पछिका खेलहरु एक लेगको हुनेछ । सम्पूर्ण खेलहरु बन्द रंगशालामा हुनेछ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here