एजेन्सी ।। ब्लिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्याको खबरले अहिले सारा बलिउड शोकमा डुबेको छ । उनको निधनको खबर सहन नसकेर उनकी भाउजु सुधा देवीको पनि ज्यान गयो । एकपछि अर्कोको मृत्यु हुँदा सुशान्तको परिवार यतिबेला शोकमा डुबेको छ । यसै बीच फेरि अर्को दुखद खबर आएको छ । भारतको उत्तर प्रदेशस्थित बरेलीमा एक छात्रले पनि आत्महतया गरेका छन् ।
उनले टिभीमा सुशान्तको मृत्युको खबर देखेपछि आफूले पनि झुन्डिएर आत्महत्या गरेका थिए । उनले आफ्नो सुसाइड नोटमा लेखेका थिए, अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गर्न सके भने म किन सक्दिन ।
उनले आफ्नो सुसाइड नोटमा अन्य कुरा पनि लेखेका छन् । उनले, आफूमा तेश्रो लिङ्गीको जस्तो लक्षण भएको र साथीहरुले आफूलाई धेरै जिस्काउने गरेको समेत बताएका छन् ।
अहिले पुलिसले उक्त घटनाको अनुसन्धान गरिरहेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।