एजेन्सी ।। भरतमा कोरोनाको संक्रमण संख्या एक्कासी बढेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २००३ पुगेको छ । यो एकैदिन मृत्यु हुने अहिलेसम्मको सबैभन्दा ठुलो संख्या हो ।
योसँगै भारतमा अहिलेसम्म कोरोना भाइरसको कारण मृत्यु भएकाहरुको कुल सङ्ख्या ११ हजार नौ सय तीन पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा १० हजार नौ सय ७४ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन लाख ५४ हजार ६५ पुगेको अधिकारीहरुले जनाएका छन् । । यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिल र रसियापछि चौथो स्थानमा उक्लिएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।