काठमाडौं ।। चीन र भारतका सेनाबीच लद्दाखमा भिडन्त भएको छ । भिडन्तमा एक अधिकृत र दुई जवानसहित तीन जना भारतीय सैनिकको मृत्यु भएको छ ।
बीबीसीले उल्लेख गरे अनुसार पूर्वी लद्दाखको गलवान क्षेत्रमा गएराति दुवै पक्षबीच झडप भएको हो । लद्दाख क्षेत्रमा विगत एक महिनादेखि भारतीय र चिनियाँ सैनिकबीच तनाव जारी रहेका बेला गएराति भिडन्त भएको हो ।
गलवान चीन र भारतको सीमा रेखाको क्षेत्र हो । यहाँ दुवै पक्षबीच सन् १९७५ देखि तनाब रहे पनि झडपमा भारतीय सेनाको ज्यान गएको यो पहिलो पटक हो । त्यस यता थुप्रै चरणका वार्ता भए तर पनि तनाव भने कायमै रहेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।