राैतहट ।। सरकारले सोमवारदेखी देशभरीको सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालन गरेको छ । कोरोना भाइरस र लकडाउनका कारण ८३ दिनदेखी लगातार बन्द रहँदै आएका देशभरीका सरकारी कार्यालय सोमवारदेखी खुलेपनि रौतहटको धेरै भिडभाड हुने कार्यालयहरु बन्द नै रहेको छ । रौतहटमा बढदै गरेको कोरोना भाइरसलाई मध्य नजर गर्दै जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीको बढि चाप हुने कार्यालयहरुबाट तत्काल सेवा प्रवाह नहुने भन्दै सुचना जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले सूचना जारी गर्दै जिल्ला प्रशासन, ईलाका प्रशासन, मालपोत तथा नापी कार्यालयको सेवा प्रवाह नगर्ने जनाएको छ । कोरोना भाइरसको उच्च जोखिम रहेको भन्दै सेवाग्राहिको भिड रहने कार्यालयले तत्काल सेवा प्रवाह नगर्ने रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारीदिनु भएको छ । कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्दै गएकाले सामुदायमा फैलन सक्ने जोखिम रहेकाले भिडभाड रहने सरकारी कार्यालयको तत्काल सेवा प्रवाह नगर्ने सूचना जारी गरेको उहाँको भनाई छ । स्थानिय प्रशासन ऐन २०२८ को दफा ६९३० र संक्रामक रोग ऐन २०२० को दफा २ अनुसार भएको आदेश बमोजिम अर्को आदेश नभएसम्मको लागि सेवाग्राहिको अत्याधिक भिडभाड हुने कार्यालयबाट तत्काल सेवा प्रवाह नहुने जिल्ला प्रशासन कार्यालय रौतहटद्धारा जारी सूचनामा उल्लेख छ । अन्य जिल्ला भन्दा रौतहट जिल्ला कोरोना संक्रमित हुनेमा अग्र स्थानमा रहेको छ । रौतहटमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ७ सय नाघिसकेको छ । यस जिल्लामा कोरोना संक्रमितको संख्या ७ सय ७१ पुगिसकेको जिल्ला प्रशासन कार्यालय गौरले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here