काठमाडौं ।। कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले अगामी आर्थिक वर्ष २०७७÷०७८ को लागी ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेश सभामा उक्त बजेट पेश गर्नुभएको हो । बजेटमा कोरोना भाइरस नियन्त्रण तथा रोकथाम र जनस्वास्थ्य प्राथमिकतामा राखिएको छ ।
बजेटमा कोरोनाबाट कर्णालीमा कसैको मृत्यु भएमा एक लाख रुपैयाँ राहत स्वरुप उपलब्ध हुने व्यवस्था मिलाइएको छ ।
कोभिड(१९ लाई परास्त गर्न खटेका सबैलाई उचित प्रोत्साहन दिइने, स्वास्थ्यकर्मीलाई सुरुको तलबको एक सय प्रतिशत तथा सरसफाइकर्मी, सुरक्षाकर्मी र सवारी चालकलाई पचास प्रतिशत भत्ता दिन बजेट विनियोजन गरिएको मन्त्री ज्वालाले बताउनुभयो । एक अर्ब पचास करोड ५८ लाखको कोभिड कोष परिचालन गरिने मन्त्री ज्वालाको भनाइ छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here