कास्की ।। गण्डकी प्रदेशमा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आज बिहान प्रेश विज्ञप्ती प्रकाशित गर्दै थप ५ जनामा कोरोना संक्रमण पाईएको जानकारी दिएको हो । तनहुँ जिल्ला, घिरिंङ गाउँपालिका स्थायी ठेगाना भई सोहि गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ४५, २२, २७, २७, र ४६ वर्षका ५ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको निर्देशनालयले जनाएको छ । संक्रमितहरुलाई तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिकामा रहेको जी.पी. कोइराला श्वासप्रश्वास केन्द्रको आईसोलेसन कक्षमा राखिएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २०४ पुगेको छ । नेपालमाा ७३ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ। १९ जनाको मृत्यु भइसकेको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here