काठमाडौं ।। पछिल्लो २४ घण्टामा थप नेपालमा एकैदिन ४ सय २५ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ ।
नयाँ संक्रमित मध्ये ३७५ जना पुरुष र ५० महिला रहेका मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । हालसम्म ९ सय ७४ जना डिस्चार्ज भएका छन् । आइतबार ६ जना डिस्चार्ज भएका छन् । आइतबारसम्म कुल ९७४ जना डिस्चार्ज भएका छन् भने १९ जनाको मृत्यू भएको छ ।
प्रवक्ता गौतमका अनुसार आइतबारसम्म १ लाख ३३ हजार ३७७ पिसिआर परीक्षण भएको छ भने २ लाख १० हजार ७२१ आरडिटी परीक्षण भएको छ ।
अहिलेसम्म १ लाख ४३ हजार ६४१ जना क्वारेन्टाइनमा रहेका छन् भने ४ हजार ७६७ जना आइसोलेसनमा रहेका छन् ।
नेपालको ७३ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।