रौतहट ।। सय प्रतिशत पिसिआर, नो आरडिटी भन्दै रौतहटका युवाहरुले केपी शर्मा ओली नेतृत्व सरकारको विरुद्धमा विभिन्न नारा सहित प्रदर्शन गरेका छन् ।
सदमुकाम गौरमा आज आईतवार युवाहरुले, कोरोना संक्रमन विरुद्धको लडाईमा सरकार असफल रहेको भन्दै देश भरी भईरहेको प्रदर्शनको समर्थमा प्रदर्शन गरिएको हो ।
प्रदर्शनकारीहरुले, माफ गर्नु होला, तपाईले सम्पर्क गर्नु खोज्नु भएका सरकार भष्टाचार गर्न व्यस्त रहेको, हम मधेशी धर्ति पुत्र वारी भारतीय न, जस्ता विभिन्न नारा सहित प्रदशन गरेको र यो प्रदर्शन निरंतर जारी रहने एक जना प्रदर्शनकारी असुतोष वर्माले बताए ।
प्रदर्शनकारीहरुले, विदेशमा रहेको हाम्रो नागरिक फिर्ता ल्याऊ, गरिब मजदूरलाई खाना देउ, नालायक सरकार मुर्दावाद, केपी ओली मुर्दावाद लगायतका नारा सहितको प्ले कार्ड बोकी गौर राईस मिलबाट सुरु गरिएको प्रदर्शन मधेशी कान्ति चौकमा सकिएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here