रौतहट ।। रौतहटलाई धुवा रहती बनाउने तथा आधुनिकरण गर्ने उदेश्यका साथ ग्रामिण क्षेत्रमा ग्यास चुल्हो वितरण गरिएको छ ।
रौतहटको फतुवा बिजयपुर नपाको वडा न ९ लक्ष्मीनियामा करिव २ सय घर परिवारलाई ग्यस चुल्हो वितरण गरिएको वडा अध्यक्ष दिपनारायण चौधरीले बताएका छन् । वडा अध्यक्ष चौधरीका अनुसार, फतुवा बिजयपुर नपाको आर्थिक सहयोगमा धुवा मुक्त क्षेत्र बनाउने उदेश्यले वडाका २ सय घर परिवारलाई चुल्हो सहितको ग्यास सिलीन्डर वितरण गरिएका बताए ।
यस्तो कार्यले गाउँमा धुवाको कारण हुने प्रदुशनलाई कम गर्न सहयोग हुने युवा नेता पप्पु यादवको प्रतिक्रिया रहेको छ ।
फतुवा विजयपुरको प्रत्येक वाडलाई धुवामुक्त क्षेत्र बनाउने उदेश्यका साथ ग्यास चुल्हो वितरण कार्य भई रहेको र चाडै सवै वार्डमा वितरण सकिने मेयर गोपाल यादवले बताएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here