गुल्मी ।। गुल्मीमा अर्का एक युवाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । गुल्मीको धुर्कोट गाउँपालिका जैसीथोकका २७ वर्षीय युवकको कोरोना संक्रमणका कारण गए राति मृत्यु भएको हो । योसँगै नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ पुगेको छ । उपचारको क्रममा ती युवाको तम्घासस्थित आइसोलेसनमा मृत्यु भएको रेसुंगा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले सीआईएनलाई जानकारी दिनुभयो । मृतक युवा क्यान्सर रोगबाट पीडित रहेको अर्यालको भनाइ छ । स्वास्थ्य मन्त्रालयले यसको आधिकारिक पुष्टि भने गरेको छैन । तीन साता अघि गुल्मीकै ४१ वर्षीय पुरुषको पनि कोरोना संक्रमणको कारण मृत्यु भएको थियो । गुल्मी मदाने गाउँपालिका–६ का युवाको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

Leave a Reply