रौतहट ।। मधेश इन्जिनियर्स एसोसिएसनद्वारा रौतहटको आइसोलेसन केन्द्रमा विरामीहरुलाई इलेक्ट्रीक जग वितरण गरेको छ ।
नवगठित मधेश इन्जिनियर्स एसोसिएसन (MEA) को कमिटीले जिल्लाको तीन वटा स्थानीय तहमा रहेको कोभिड(१९ आइसोलेसन केन्द्रलाई इलेक्ट्रोनिक जग वितरण गरेको छ ।
आज संस्थाले इशनाथ नगरपालिकाको आइसोलेसन केन्द्रको लागि १५ , राजपुर आइसोलेसन केन्द्रको लागि २० वटा र परोहा नगरपालिकाको आइसोलेसन केन्द्रको लागि १५ वटा जग हस्तानान्तरण गरिएको एमइएका रौतहट सल्लाहाकार एवं गौर नगरपालिकाका कोअडिनेटर इन्जिनियर अभिषेक गुप्ताले बताए । स्वास्थ्य संयोजक तथा नपाका प्रतिनीधीलाई जग हस्तानान्तर गरिएको गुप्ताले बताए ।
पछिल्लो समय रौतहट देशमै पहिलो धेरै कोरोना संक्रमित भएको जिल्लामा परेको र लागता संक्रमितको संख्यामा वृद्धी भई रहेको अवस्थामा संक्रमितहरुलाई तातो पानी खान सजिलो होस भन्ने उदेश्यले आफूहरुले यो अभियान चलाएको रौतहटका अध्यक्ष राधाकिसन साहले बताए । साहले भने यो बेला सहयोगी मन र समाजसेवीहरु आ–आफ्नो स्तरबाट जागे मात्रै सम्बन्धीत निकाय र कोरोना संक्रमितको हौसला बढने भएकोले सक्दो पुण्यको काममा सरिक हुन सबैलाई आहवान गर्दछु । आउदो दिनमा आफूहरु विभिन्न सहयोगको कार्यक्रमहरु ल्याउदै जाने प्रतिबद्धता व्यक्त गरे ।
अध्यक्ष साहको सकृयताकम यो महामारीको समयमा आईसुलेसनमा उपचार गराई रहेका कोरोना संक्रमितलाई अति आवश्यक समाग्रीको रुपमा रहेर्को इलेक्ट्रोनिक जग वितरण गरिएको संस्थाले जनाएको हो ।
जग वितरण कार्यक्रममा प्रदेश नं. २ को वरिष्ट उपाध्यक्ष रघुन्नदन ठाकुरको नेतृत्वमा भएको थियो भन्ने वितरण कार्यमा रौतहट जिल्ला अध्यक्ष राधाकृष्ण साह, मिडिया कोअडिनेटर सुभम कुमार साह सहित ईहनाथ नगरपालिकाका कोअडिनेटर सुनिल कुमार साह, सचिव इम्ताज हुसैन सहितको सहभागिता रहेको कोअडिनेटर इन्जिनियर अभिषेक गुप्ताले जानकारी गराए ।
आज मात्र रौतहटमा थप ९२ जनामा कोरोना संक्रमण देखिएको छ । यससंगै जिल्लामा कुल संक्रमितको संख्या ६६१ पुगेको छ । नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ जस मध्ये ९ सय १३ जना निक्को भै घर फर्केको छ भन्ने १८ जनाको मृत्यू भईसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here