रौतहट ।। विश्व कोरोना भाईरसबाट अक्रान्त भएको अवस्थामा करिव तिन महिना देखि नेपाल पूर्णरुपमा बन्दाबन्दी अर्थात लकडाउन भएको अवस्थामा स्कुल कलेज बन्द हुदाँ विद्यार्थीहरुको पठनपाठन पुर्णमा प्रभावित भएको छ ।
अविकसित राष्ट्रको रुपमा रहेको नेपालको शिक्षा कमाजोर भएपनि कोरोनाका कारण अक्रान्त बनेको शैक्षिक क्रियाकलापलाई सहज बनाउने उदेश्यले रौतहटको परोहा नगरपालिका वार्ड नं. ४ लौकाहामा रहेको ब्रह्मज्योती मावि.ले उदहारणीय कार्य गरेको हो ।
पछिल्लो समय लकडाउनका कारण प्रभावित भएका आफ्ना विद्यार्थीहरुलाई घरमै बसेर अध्ययन गर्नको लागि ब्रह्मज्योती मावि.ले घरमै गई विद्यर्थीको हात हातमा पाठ्यपुस्तक उपलब्ध गरको छ । पाठ्यपुस्तक घर घरमा उपलब्ध गराए पछि विद्यर्थीहरुमा खुसि संग पढाई प्रतिको स्नेह जाग्रीत भएको एक जना विद्यार्थी रमेश साहले बताए ।
हामी अन्यौलमा थियौ, कहिले स्कुल खुल्ला, कुन दिन हामी स्कुल पुगेर पाठ्यपुस्त लिई पठनपाठन गर्ने जस्ता कुराले गिजियाई रहेको अवस्थमा स्कुलबाट पाठ्यपुस्तक वितरणले हाम्रो पठनपाठन निरंतर हुने आशा पलाए पछि, विद्यालयलाई धन्यावाद दिदै विद्यार्थी साहले खुसि व्यक्त गरे ।
सरकारले प्रत्येक विद्यालयलाई पाठ्यपुस्तकको निकासा गरि सकेको अवस्थामा ब्रह्मज्योती मावि लौकाहाले जिल्लामै पहिलो पटक आफ्ना विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा १० सम्मका करिव १ हजार भन्दा बढि विद्यार्थीको घर घर पुगी पाठ्यपस्तक वितरण गरिएको विद्यालयका प्रधानाध्यापक अरुण कुमार यादवले बताएका छन ।
प्रधानाध्यापक यादवको सक्रियता र वडा अध्यक्ष जवाहर यादव तथा परोहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश यादवको पहलमा भएको यस्ता प्रसंसनीय कार्यले गरेको छ ।
यस्तो महामारिको समयमा विद्यालयले विद्यार्थीको हात हातमा पाठ्यपुस्तक वितरण गरि उनिहरुलाई पठ्नपाठ्न प्रति प्रेरीत गर्ने योजनाका साथ अगाडी बढी रहेको र छिटै नगर क्षेत्रका सवै विद्यालयहरुका विद्यार्थीहरुको हात हात पाठ्यपुस्तक पु¥याउने लक्षय लिएका प्रमुख प्रशासकीय अधिकृत यादवले बताए ।
ब्रह्मज्योति मावि.ले गरेको कार्यलाई अनुसरण गर्दै अन्य स्थानीय तहमा रहेका विद्यालयहरुले विद्यर्थीहरुको घरघरमै पाठ्यपुस्त उपलब्ध गराए विद्यार्थीहरुको पठनपाठनमा सहयोग पुग्ने देखिन्छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here