रौतहट ।। सशस्त्र प्रहरीको गोलीबाट एक जना भारतीय नागरिकको मृत्यु भएपछि शुक्रवार साँझ देखि दशगज्जा क्षेत्रमै मृतकको शव राखेर रातभरी प्रदर्शन भएका छन् ।
सर्लाहीको सदरमुकाम मलंगवा देखि १० किलोमिटर पुर्व दक्षिणमा पर्ने पर्सा गाउँपालिकाको वडा नम्वर ३ नारायणपुर गाउँ नजिकै रहेको नेपाल भारत सिमामा सेन्ट्री पोष्ट बनाएर डिउटीमा रहेका सशस्त्र प्रहरीले नेपाल प्रवेश गर्न लागेका केही भारतीय नागरिकलाई आउन नदिएपछि उत्पन्न भएको विवाद उग्ररुप लिएको, सुरक्षाकर्मीले बोकेको हतियार खोसेपछि बाध्यात्मक रुपमा आत्मरक्षार्थ गोली चलाउदा सहोर्वाका २७ बर्षिय विकेश कुमारको छातीमा गोली लागेर मृत्यु भएका थिए र अन्य दुई जनालाई गोली लाग्दा घाईते भएको थियो ।
मृतक विकेशको शव दशगज्जामा राखेर हिजो साँझ देखि भारतीय नागरिक र उनलाई एसएसबीको समर्थनमा रातभरी प्रदर्शन गर्दै नेपाली सुरक्षा अधिकारीको कब्जामा रहेका भारतीय नागरिकलाई छाड्न दवाव बनाए । भारतीयको दवावको सामु नेपाली सुरक्षा अधिकारी निरीह सावित भए । शनिवार विहान ३.१५ बजेको समयमा नियन्त्रणमा रहेका सितामढी पिप्रा प्रसाइनका ४० बर्षिय नविल किशोर रायलाई हस्तान्तरण गरेपछि उनीहरु शव उठाएर दशगज्जा खाली भएको बताइएको छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले सशस्त्र प्रहरीको हतियार खोसेर भारतीय नागरिकहरु अन्धाधुन्ध ढुंगामुढा गर्न थाल्दा आत्मरक्षा एवं हतियार फिर्ता लिन पहिला हवाई फायर गरेपनि उनीहरु झन् आक्रमक भएपछि बाध्यात्मक रुपमा गोली हान्नु परेको बताए । गोली प्रहारबाट तिनजना घाईते भएको जसमध्ये विकेशको मृत्यु भएपछि हिजो साँझ देखि दशगज्जामा शव राखेर भारतीय सुरक्षाकर्मीको घेरा भित्र सिमापारीको नागरिकहरु प्रदर्शन गरेर हाम्रो हिरासतमा रहेका व्यक्तिलाई छुटाउन दवाव बनाए ।
आज विहान काउण्टर पार्टसका समकक्षी संग मृतकलाई भारतमै सम्बोधन गरेर क्षतिपुर्ती दिने, सिमामा अभद्र व्यवहार नगर्ने, नेपाली सिमा भएर ओहरदोहर गर्न नदिने लगायतका भद्र सहमती भए पश्चात हिरासतमा रहेका नवलकिशोरलाई भारतीय सुरक्षाकर्मीको जिम्मा लगाएको प्रजिअ जिसीले जानकारी दिए । सिमामा हिजो देखि उत्पन्न गतिरोध समाप्त भएको तथा थप सुरक्षाकर्मी परिचालन गरेर सिमाको सुरक्षा बढाएको उनले स्पष्ट पारे ।
घटना कसरी भए
भारतको विहारमा मदिरा जन्य पेय पदार्थको विक्री वितरण गर्न पूर्ण रुपमा बन्द रहेको अवस्थामा सिमावर्ती क्षेत्रको नेपाली भुमिमा संचालन गरिएका मदिरा भठीका शतप्रतिशत ग्राहक भारतीय रहेका छन् । सिमा सिल गरिएर पूर्ण रुपमा लकडाउन जारी भएपनि मदिरा सेवनकर्ताहरु निर्वाध रुपमा आएर मदिरा सेवन गरेर फर्किने गरेको त्यसमा पनि केही तस्करी गर्ने व्यक्तिहरु भारतबाट खाद्यान्न सामग्री ल्याउने गरेको नेपालबाट मदिराको तस्करी भारत तर्फ गर्न पल्किएकाहरु शुक्रवार विहान केही दलित समुदायका व्यक्तिहरु नारायणपुरमा रहेका मदिरा पसलमा रक्सी सेवन गरेर हो हल्ला गरी फर्किदै गर्दा डिउटीमा रहेका सशस्त्र प्रहरीले सिमासिल भएको अवस्थामा तिमीहरु कसरी आयौं भनेपछि उनीहरु विवाद गर्न सुरु गरे । तै पनि तिमीहरु छिटो गइहाल भन्दा पनि कठालो समातेर अभद्र व्यवहार गर्दा पनि उनीहर मानेन ।
पारी गएर नेपाली सुरक्षाकर्मीहरु धेरै कुट्यो भनेर नाटक मंचन गरेर करिव डेढ सयको संख्यामा मानिसहरु अकसमात आएर ढुंगा मुडा गर्नुका साथै डिउटीमा रहेका दुई जना सशस्त्रका जवान माथि आक्रमण गरे । सोही क्रममा हतियार खोसेर भाग्न लाग्दा अर्को पोष्टबाट थप मद्दतमा सुरक्षाकर्मीहरु आएपछि आत्मरक्षार्थ हवाई फायर गरे तैपनि उनीहरु नमान्दा गोली हानेर रक्षा गर्दै खोसिएको हतियार र ति व्यक्तिलाई नियन्त्रणमा दिएको घटनास्थलमा रहेका एकजना नेपाली प्रत्यक्षदर्शीले बताए ।
सर्लाही जिल्लाको सिमावर्ती क्षेत्रबाट चोरी निकासी भईरहेको हुँदा वेलाबखतमा तस्कर र सुरक्षाकर्मीहरु विच झड्प भईरहेपनि हिजो भएको हिंसात्मक घटनाबाट दुई देश विच द्धन्द खडा भएकोमा स्थानीयहरु चिन्ता व्यक्त गरेका छन् । सिमा क्षेत्रलाई पूर्ण रुपमा सुरक्षित बनाउन लोभलालच त्यागेमा मात्रै सम्भव रहेको नत्र यस्तो घटनाहरु नदोहिरन भन्न नसकिने सिमा क्षेत्रका जनता झन् बढि असुरक्षित हुने छ । श्राेत :-मध्य तराइ दैनिक फेसबुक वाल
भद्र सहमती पछि हिरासतमा रहेका भारतीय नागरिक रिहा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।