काठमाडौं ।। जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले महाकाली सन्धिमा गम्भीर राष्ट्रघात भएको भन्दै राष्ट्रवादको ठेक्का लिने कम्युनिष्ट र काँग्रेसले पहिला नेपाली जनतासंग माफी माग्नु पर्ने बताउनु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफलमा भाग लिदै सांसद यादवले महाकाली सन्धि गर्दा संसदमा रहेका तत्कालीन शक्तिहरु कम्युनिष्ट र काँग्रेसले गरेको गल्तीप्रति क्षमा याचना गर्नु पर्ने बताउनुभयो । उहाँले आफुहरु महाकाली सन्धि गरेर राष्ट्रघात गर्ने अनि मधेसी जनतालाई गाली गरेर राष्ट्रवादी ठान्नेहरुले आफुहरुलाई सच्याउनु पर्ने बेला भएको बताउनु भयो । उहाँले महाकाली सन्धि गर्दा कालीको मुहान बारे प्रष्ट नपारिनु अर्को गल्ती भएको प्रसंग अघि सार्दै सुगौली सन्धि भन्दा अघि बढेर भएको गल्तीले अहिले काँग्रेस र कम्युनिष्टलाई पश्चाताप भएको हुनु पर्ने अनुमान पनि गर्नुभयो । उहाँले आम नेपालीमा राष्ट्रिय एकताको भावना बलियो बनेको चर्चा गर्दै गुमेको भूभाग फिर्ता लिनु पर्ने सवालमा जनता समाजवादी पार्टी सदैव साथ रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here