काठमाडौं ।। जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले प्रतिनिधिसभाको शनिबारको बैठकमा बेल्दै
संविधान संशोधन देशको अखण्डता, राष्ट्रियता र सार्वभौमिकतासँग बताउनुभएको छ ।
कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूभागमा समेटिनु सम्पूर्ण नेपालीको लागि खुसीको कुरा भएको पनि महतोले बताए ।
नेपालको संविधान ९दोस्रो संशोधन० विधेयक, २०७७ माथिको दफावार छलफलमा बोल्दै नेता महतोले राष्ट्रियता कसैको एकलौटी नहुने बताउदै आजैबाट राष्ट्रघात र राष्ट्रवादको परिभाषा परिवर्तन गर्नुपर्ने बताउनु भयो ।
नेता महतोले संविधानप्रति आफूहरुको असहमति र असन्तुष्टि हुँदाहुँदै नेपाली भूमिको सवाल र राष्ट्रियताको सवाल आउँदा सहर्ष स्वीकार गरेको बताउदै सबै असन्तुष्ट बर्गकालाई पनि सम्बोधन गर्दै प्याकेजमा संविधान संशोधन गरेको भए अझ राम्रो हुने उँहाको भनाई थियो ।
नेता महतोले नक्सामा मात्रै राखेर गुमेको भूमि नपाइने भएकाले जमिन नै फिर्ता गर्न पनि प्रधानमन्त्री ओलीलाई आग्रह गरे । साथै उनले नेपाल र भारतबीच सदियौंदेखि घनिष्ठ सम्बन्ध रहेको बताउँदै कूटनीतिक तवरबाटै वार्ताको माहोल सिर्जना गरेर जमिन फिर्ता गर्न आग्रह गरेका छन् ।
नक्सा होइन, जमिन नै चाहियो प्रधानमन्त्रीज्यू : राजेन्द्र महतो
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।