जनकपुर ।। पछिल्लो २४ घण्टामा यस प्रदेश नम्वर २ मा ६ महिला र १ सय १ जना पुरुषगरी कुल १ सय ७ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । जस अनुसार महोत्तरी जिल्लामा १ जना, सर्लाही जिल्लामा ११ जना, रौतहट जिल्लामा ९० जना र पर्सा जिल्लामा ५ जना ब्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
महोत्तरी जिल्लाका २३ बर्षिय पुरुषमा कोराना सक्रमण पुष्टि भएको छ ।
सर्लाही जिल्लाको बसबरिया गाउँपालिकाका ३५ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । सर्लाही जिल्लाकै चकरघट्टा गाउँपालिकाका ११ बर्षिय वालक सहित २८ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । सर्लाही जिल्लाकै इश्वरपुर नगरपालिकाका २५ र ५२ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । सोही नगरपालिकाकी ५ बर्षिय वालिकामा समेत कोरोना संक्रमण पुष्टि भएको छ । सर्लाही जिल्ला स्थित बिष्णु गाउँपालिकका उमेर खुल्न नसकेका २ जना पुरुष र सर्लाही जिल्लाकै स्थान खुल्न नसकेका १९ र ४० बर्षिय पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु कामाण्डौंले जनाएको छ ।
रौतहट जिल्लाको ईशनाथ नगरपालिका स्थित श्री जनता माध्यमिक विद्यालययको क्वारेन्टाईनमा रहेका१२ र १५ बर्षका २ जना वालकहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । सोही क्वारेन्टाईनमा रहेका ४७ बर्षिय पुरुष सहित १९ देखि ४० बर्ष उमेर समुहका २१ जना पुरुषहरुमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ ।
रौतहट जिल्लाकै परोहा नगरपालिका स्थित लौकाहा माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका ९ र १५ बर्षिय वालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी सोहि क्वारेन्टाईनमा रहेका ७ बर्षिय वालक सहित १ देखि १८ बर्ष उमेर समुहका ९ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । सोही क्वारेन्टाईनमा नै रहेका बर्ष ४५ र ५० बर्षका २ जना पुरुष सहित १९ देखि ४० बर्ष उमेर समुहका ३९ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहट जिल्लाकै देवाही गोनाइ नगरपालिकाका १६ बषिएय वालक सहित २०, २५, २९ र ४० बर्षका पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । रौतहट जिल्लाकै राजपुर नगरपालिकाका १० र ११ बर्षका वालक सहित १ देखि १८ बर्ष उमेर समुहका ५ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी सोहि नगरपालिकाका ५५ बर्षिय पुरुष सहित १९ देखि ५० बर्ष उमेर समुहका ७ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।
पर्सा जिल्ला स्थित बीरगंज उपमहानगरपालिका वडा नम्वर ५ का १९ बर्षिय पुरुष र ३४ बर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी पर्सा जिल्लाकै सखुवा पर्साैनी गाउँपालिकाका १ प्वईन्ट ५ बर्ष अर्थात डेढ बर्षका वालक र ३ बर्षका बालक तथा ३० बर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो चौबीस घण्टामा यस प्रदेश नम्वर २ मा १७ जना पुरुष कोरोना संक्रमितहरु उपचार पश्चात डिस्चार्ज भएका छन् । जसअनुसार बारा जिल्ला कलैया अस्पताल अन्तर्गत रहेको कोभिड विशेष अस्पतालमा उपचार गराई रहेका बारा जिल्ला कोहल्भी नगरपालिकाका १२ बर्षिय बालक उपचार पश्चात डिस्चार्ज भएका हुन् । २०७७ साल जेठ १६ गते गरिएको स्वाव परिक्षण पश्चात रिपोर्ट पोजेटेभि आएपछि निज बालकलाई बारा जिल्ला कलैया अस्पताल अन्तर्गत रहेको कोभिड विशेष अस्पतालमा जेठ २३ गते भर्ना गरिएको थियो । त्यसैगरी जेठ १६ गते नै स्वाव परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएका बारा जिल्लाको महागढीमाई नगरपालिका २८ र ३२ बर्षियहरु समेत उपचार पश्चात डिस्चार्ज भएका छन् । उनीहरुलाई पनि जेठ २३ गते नै बारा जिल्ला कलैया अस्पताल अन्तर्गत रहेको कोभिड विशेष अस्पतालमामा भर्ना गरिएको थियो । जेठ १६ गते नै स्वा परिक्षण गरिएका बिश्रामपुर गाउँपालिकाका ३० बर्षिय २ जना पुरुषहरु समेत उपचार पश्चात डिस्चार्ज भएका छन् । उनीहरुलाई जेठ २४ गते बारा जिल्ला कलैया अस्पताल अन्तर्गत रहेको कोभिड विशेष अस्पतालमा भर्ना गरिएको थियो ।
त्यसैगरी भर्खरै प्राप्त विवरण अनुसार गण्डक अस्पताल बीरगंवजको आईसोलेसन कक्षबाट ५ जना, धनुषा जिल्ला स्थित प्रादेशिक अस्पताल जनकपुर अन्तर्गत लक्ष्मीनिया गाउँपालिकामा रहेको वि.पि. मेमोरियल पोरिलटेक्निकल ईन्टिच्यूटको आइसोलेसन कक्षबाट ३ जना र महोत्तरी जिल्ला स्थित जलेश्वर अस्पताल अन्तर्गतको कोभिड विशेष अस्पतालबाट ४ जना संक्रमितहरु उपचार पश्चात स्वस्थ्य भई डिस्चार्ज भएका छन् ।
पछिल्लो चौविस घण्टामा डिस्चार्ज भएका १७ जना सहित यस प्रदेशका ४ सय ३७ जना कोरोना संक्रमितहरु उपचार पश्चात डिस्चार्ज भइसकेका छन् ।