नवलपरासी पश्चिम । । नवलपरासी पश्चिमको गण्डक नहरमा बिहान एक जना वृद्ध डुबेर बेपत्ता भएका छन । बेपत्ता हुनेमा प्रतापपुर गाउँपालिका वडा नं.- ५ श्रीरामपुर बस्ने अन्दाजी बर्ष ७० का रामसेवक चमार रहेको स्थानियले जानकारी दिएका छन । पश्चिमी गण्डक नहरमा खुल्ला दिशापिसाब गरेपछि नहरको किनारमा जाने क्रममा खुट्टा चिप्लेर उनी नहरको पानीमा खसेको बताइएको छ । गण्डक बाधमा बाख्रा चराई रहेका केही बालबालिकाले डुबेको देखेपछि गाउँमा खबर गरेका थिए । स्थानीय जाँदै गर्दा वृद्ध डुबेर बेपत्ता भइसकेका थिए । अहिले नहरको पानी बन्द गरेर उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।