एजेन्सी ।। अस्ट्रेलियाले खेल इभेन्टसमा दर्शक माथि लगाइएको प्रतिबन्ध आगामी जुलाईदेखि केही खुकुलो बनाउने भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले जुलाईबाट स्टेडियममा दश हजारसम्म दर्शक जान पाउने जानकारी दिनुभयो । सरकारले कोरोना भाइरसका कारण मानिसको बाक्लो उपस्थिती हुने क्षेत्रहरुमा प्रतिबन्ध लगाएको थियो । तर अस्ट्रेलियामा अहिले कोरोना भाइरस नियन्त्रणमा आइसकेको छ । जुलाईदेखि लागु हुने गरी ४० हजार बढी दर्शक क्षमता भएका स्टेडियममा दश हजार जनालाई अनुमति दिइएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here