वीरगञ्ज ।। बाराको निजगढ नगरपालिका वडा नम्बर ६ का पाँच वर्षीया बालकको उपचारको क्रममा मृत्यु भएपछि कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जमा रहेको सिटिजन हेल्थ केयरमा उपचारपछि मृत्यु भएका बालकमा कोरोनाभाइरस संक्रमण परीरक्षण गर्दा पिसिआर रिर्पोट पोजेटिभ आएको नारायाणी अस्थायी अस्पतालका संयोजक डा. उदयनारायण सिंहले जनाएका छन् । बालकलाई स्वासप्रश्वास सम्बन्धी समस्या देखा परेपछि अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनको उपचार क्रममा मृत्यु भएको थियो ।
त्यसपछि उनलाई कोरोना संक्रमण भएको आशंका गरेर स्वाब परीक्षण गरिएको थियो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here