एजेन्सी ।। भरतमा कोरोना भाइरसका कारण एकैदिनमा झण्डै ११ हजार सङ्क्रमित भएका छन् ।
सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा १० हजार ९५६ जना सङ्क्रमित भएको पुष्टि भएको हो ।
योसँगै भारतमा कुल सङ्क्रमितको संख्या २ लाख ९७ हजार ५ सय ३५ पुगेको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा ३९६ जनाको मृत्यु भएको जनाएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ८ हजार ४९८ पुगेको छ ।

भारतमा अहिले पनि १ लाख ४१ हजार ८ सय ४२ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने सङ्क्रमण मुक्त भएकाहरुको संख्या १ लाख ४७ हजार १ सय ९५ रहेको मन्त्रालयले जनाएको छ ।
कोराना भाइरसको सङ्क्रमण भारतमा सबैभन्दा धेरै महाराष्ट्र प्रदेशमा देखिँदै आएको छ । महाराष्ट्रमा मात्रै शुक्रबारसम्म ९७ हजार ६ सय ४८ जना सङ्क्रमित भएका छन् ।
दोस्रो स्थानमा तमिलनाडु प्रदेश रहेको छ । यहाँ ३८ हजार ७ सय १६ जना सङ्क्रमित रहेका छन् । यसैगरी दिल्ली राज्यमा ३४ हजार ६ सय ८७ जना सङ्क्रमित रहेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here