काठमाडौ ।। आज थप दुइ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या चार हजार तीन सय ६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । मन्त्रालयले आज आयोजना गरेको नियमित जानकारीमाका क्रममा आज संक्रमित हुनेमा दुइ सय ५७ पुरुष र २२ जना महिला रहेका मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी गराउनुभयो । प्रवक्ता गौतमका अनुसार संक्रमित हुनेमा सबैभन्दा बढी रौटहटका ५३ जना त्यसपछि क्रमस कपिलवस्तुका ४८ जना रहेका छन् । आजै सर्लाही र दैलेखका २५२५ जना, धादिङका १६ जना, पाल्पा कैलालीका १२१२ जना, धनुषाका ११ जना सुर्खेतका नौ जना, मोरङका आठ जना, रुपन्देहीका सात जना, सप्तरी र प्युठानका ६६ जना, झापा र नवलपरासी पश्चिमका पाँचपाँच जना,, गोरखाका चार जना, बाँके, जाजरकोट र उदयपुरका तीनतीन जना सर्लाही, चितवन, कञ्चनपुर र सिन्धुपाल्चोकका दुइदुइ जनामा संक्रमण देखिएको छ । आज उदयपुर, नवलपरासी पूर्व, बर्दिया, दार्चुला, डडेल्धुरा, सिरहा, नुवाकोटका एकएक जनामा पनि संक्रमण देखिएको छ
आज २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमणकाे संख्या ४३६४ पुग्याे
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।