काठमाडाैैं ।। कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या चार लाख १३ हजार सात सय ६० पुगेको छ । साथै यस संङ्क्रमणबाट विश्वभर ७३ लाख २५ हजार आठ सय ३९ जना सङ्ंक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले आनो दैनिक प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको हो । आजसम्म प्राप्त विवरण अनुसार कोरोना भाइरसका कारण बिरामी भएका ३६ लाख ६ हजार ९० जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३३ लाख ६ हजार तीन सय ४६ व्यक्ति उपचाररत रहेका छन् । सङ्क्रमितमा ५४ हजार २९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र २० लाख ४५ हजार सात सय १५ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । प्रकोपका कारण अमेरिकामा एक लाख १४ हजार एक सय ५१ व्यक्तिको मृत्यु भइसकेको छ । दक्षिण अमेरिकामा १२ लाख १९ हजार सात सय २३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । जहाँ ५२ हजार आठ सय ५७ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २३ लाख ३३ हजार ६४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । त्यहाँ एक लाख ३८ हजार पाँच सय ७३ जनाको मृत्यु भएको छ । युरोपमा २१ लाख २५ हजार दुइ सय ३० जना कोरोना भाइरस संक्रमित रहेका छन् भने एक लाख ८० हजार दुइ सय आठ जनाको मृत्यु भएको छ । एसियामा १४ लाख ३२ हजार तीन सय २७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३६ हजार चार सय १५ जनाको मृत्यु भएको छ । अफ्रिकामा दुइ लाख पाँच हजार आठ सय ८९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने पाँच हजार पाँच सय ६८ जनाको मृत्यु भएको छ । ओसियानामा आठ हजार आठ सय ८५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने एक सय २४ जनाको मृत्यु भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here