कैलाली ।। टीकापुर नगरपालिका वडा नं १ मा १४ वर्षका ३ जना बालिका बलात्कारमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज विहानै कैलालीको रानी कुलो किनारमा बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ । बलात्कारमा संलग्न ४ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनगढी पठाइएको र एक जनाको खोजी भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । केही दिनअघि मात्रै चिनजान भएका बालिकालाई फोनबाटै बोलाएको र स्कुटीमा रानी कुलाको किनारमा लगेर बलात्कार गरेका प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा टीकापुर १ का २१ वर्षका दीपक बुढा, डम्बर ठकुल्ला, दीपक ठकुल्ला, सन्दिप ठकुल्ला रहेका प्रहरीले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here