रौतहट ।। रौतहटमा थप ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । ११ जना मध्ये गौर नगरपालिकामा १ जना , ईशनाथ नगरपालिकामा १ जना, परोहा नगरपालिकामा ५, गढीमाई नगरपालिकामा ४ जनामा कोरोना भाइरसका संक्रमण देखिएका छन् । क्वारेन्टिनमा रहेका उनीहरुको स्वाब परीक्षणको नतिजा सोमबार प्राप्त भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ । यो सँगै रौतहटमा कोरोना संक्रमितको संख्या ४ सय नाघेको छ ।
संक्रमण पुष्टि भएका सबै भारत बाट फर्किएर हाल क्वारेन्टिनमा बसेका नेपालीहरु रहेका छन् । रौतहटको गौर नर्सिङ इन्स्टिच्युटको आइसोलेसनमा रहेका १८ जना निको भएर घर फर्किसकेका छन् । नेपालमा आज (सोमवार) एकैपटक थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३ हजार ७६२ पुगेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here