काठमाडौं ।। नेपालमा कोरोना संक्रमितको दर तिव्र रुपमा बढेको । बाराको पचरौता नगरपालिका र सुवर्ण गाउँपालिकामा सातजनामा कोरोना भाइरस संक्रमण देखिएको छ।भारतबाट नेपाल प्रवेश गर्ने क्रममा नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएका सात पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
संक्रमित हुनेमा सुवर्ण गाउँपालिका ५ का ३ जना, ७ का एकजना र द्द का एकजना छन् । यसैगरी पचरौता नगरपलिका वडा नम्बर २ का एक र वडा नम्बर १ का एकजना रहेका छन्। संक्रमितलाई कलैयास्थित आइशोलेसनमा राखिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए।
योसँगै बारामा संक्रमितको संख्या ८३ पुगेको छ । संक्रमितमध्ये एकजनाको मृत्यु भइसकेको छ। ५१ जना उपचारपछि निको भएर घर फर्किएका छन । हालसम्म नेपालमा संक्रमितबाट१४ जनाले ज्यान गुमाएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here