काठमाडौं ।। भातमा आज ७६ दिनपछि लकडाउन खोल्न सुरु गरेको छ । लकडाउनको पहिलो चरण आजदेखी सुरु भएको छ । कोरोना संक्रमण तिव्र भइरहेकै बेला भारतले लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो। तीन चरणमा गरेर भारतले लकडाउन खोल्ने निर्णय गरेको छ ।। आजदेखि सुरु भएको पहिलो चरणमा मन्दिर, मस्जिद, रेस्टुरेन्ट र होटलहरु खुलेका छन्। सपिन मल पनि आजदेखि खुलेका छन्।
मन्दिर, मस्जिद, रेस्टुरेन्ट र होटलहरुमा जाँदा पनि केही निर्देशन भने पालना गर्नुपर्नेछ। जसमा ६ फिटको दूरी बनाइराख्नुपर्नेछ। त्यस्तै, मास्क लगाउने, सेनिटाइजरको प्रयोग गर्ने तथा साबुनपानीले नियमित हात धुन आग्रह गरिएको छ।
धार्मिकस्थल र मलमा ६५ वर्षभन्दामाथिका व्यक्ति र १० वर्षभन्दा कम उमेरका व्यक्ति, गर्भवती महिला र बिरामीहरुलाई प्रवेश नगर्न भनिएको छ ।
मलमा आउने व्यक्तिहरुले मोबाइलमा आरोग्य सेतु ऐप डाउनलोड गर्न सल्लाह दिइएको छ ।
धार्मिकस्थलमा आउनेहरुले जुत्ता–चप्पल गाडीमै राख्नुपर्नेछ । गाडी नभएकाहरुले आफ्नो जुत्ता–चप्पलको व्यवस्था आफैं गर्नुपर्नेछ ।
मन्दिरमा प्रसाद दिइने छैन भने घन्ट झिकिएको वा नबजाउन भनिएको छ ।
त्यस्तै दोस्रो चरणमा स्कुल तथा कलेज खुल्ने छन् । त्यसको मिति तय गरिएको छैन । तेस्रो चरणमा सार्वजनिक यातायात, फिल्म हल लगायत सुचारु गर्न लागिएको छ ।भारतमा संक्रमण अझै केही समय बढ्ने देखिएको छ । आजै पनि ६ सय चार संक्रमित थपिएका छन्।अहिलेसम्म भारतमा संक्रमितको संख्या दुई लाख ५८ हजार ९० पुगेको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here