सप्तरी ।। सप्तरीमा आज (सोमवार) एकैपटक थप १६ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै सप्तरी जिल्लामा संक्रमितको संख्या ९३ जना पुगेको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारि दिनुभयो । संक्रमितहरु सबै भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए यादवका अनुसार पछिल्लो पटक संक्रमित थपिएसँगै सप्तरीको बलान बिहुल गाउँपालिकामा कोरोना पोजेटिभको संख्या २७ पुगेको छ । आज भेटिएका संक्रमित सप्तरीको बलान बिहुल गाँउपालिका वडा नम्बर ५ का ७ जना, वडा नम्बर ३ का ५ जना, वडा नम्बर ४ का ३ जना र वडा नम्बर २ का १ जना छन्। संक्रमितहरुमा एक महिला समेत रहेका छन् । उनीहरूलाई क्वारेन्टाइनबाट राजविराज स्थित साईकृष्णा अस्पतालको आइसोलेसनमा ल्याईएको छ ।
नेपालमा अहिले सम्म ४८७ जना निको भएर घर फर्केका छन् भने ् कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here