एजेन्सी ।। दक्षिण भारतका चर्चित अभिनेता चिञ्जिवी सर्जाको ३९ वर्षको उमेरमा निधन भएको हो । भारतिय मिडियाका अनुसार उनको हृदयघातका कारण बेंगलुरुको एक नीजि अस्पतालमा निधन भएको जनाइएको छ । कर्नाटकाका मुख्यमन्त्री बीएस येदुरप्पाले ट्वीट गर्दै उनको निधन भएको जनाएका छन्। उनले लेखेका छन्, ‘लोकप्रिय कन्नाडा कलाकार चिरञ्जीवी सर्जाको निधन भएको खबले स्तब्ध भएको छु। उनलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारलाई यस दुःखको घडीमा धैर्यधारण गर्ने शक्तिको कामना गर्दछु।’
चिरञ्जीवीको अकस्मात निधनप्रति कन्नड फिल्म उद्योग पनि यतिबेला शोकमा रहेको छन् ।
उनले २० वटा चलचित्रमा काम गरेका थिए। तीमध्ये ‘अम्मा आइ लभ यु’ निकै चर्चित बनेको थियो। उनी सन् २०१८ मा अभिनेत्री मेघना राजसँग वैवाहिक जीवनमा बाँधिएका थिए।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।