काठमाडाैं ।। न्युजिल्याण्ड आगामी वर्ष आयोजना हुने १७ वर्ष मुनिको महिला विश्वकप फुटबलमा छनोट भएको छ ।न्युजिल्याण्ड विश्वकपमा छनोट हुने चौथो टिम समेत बनेको छ ।यसअघि न्युजिल्याण्ड सहित एसिया छनोटबाट जापान र उत्तर कोरिया छनोट भएका थिए । भारतको टिम समेत आयोजकको हिसाबले विश्वकपमा छनोट भईसकेको छ ।फिफा १७वर्ष मुनिको महिला विश्वकप सन् २०२१ को फेब्रुअरी १७ देखि मार्च ७ सम्मका लागि तय गरिएको छ ।यसअघि प्रतियोगिता नेभेम्बर २ देखि २१ सम्मका लागि तय गरिएको थियो । तर महामारीका रुपमा फैलिएको कोरोना भाईरसका कारण विश्वकपको पूर्व निर्धारित मिति स्थगित गर्दै अघिल्लो वर्षका लागि सारिएको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here