काठमाडाैं ।। कोरोना भाइरस संक्रमणका इटलीमा मृत्यु हुने दर घट्दै गएको छ । पछिल्लो केहि दिनदेखि इटलीमा कोरोना भाइरसका कारण संक्रमित हुने र मृत्यु हुने दरमा कमि आएको इटली सरकारले जनाएको छ । पछिल्लो २४ घन्टामा इटलीमा कोरोना भाइरसका कारण ५३ जनाको मृत्यु भएको छ । जबकी अघिल्लो दिन ७२ जनाको मृत्यु भएको थियो । यस्तै पछिल्लो २४ घन्टामा १ सय ९७ जना नयाँ संक्रमित फेला परेका छन् । इटली युरोपको दोस्रो प्रभावित मुलुक हो । जहाँ हालसम्म कोरोना भाइरसको संक्रमणका कारण ३३ हजार ८ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने २ लाख ३४ हजारभन्दा बढी संक्रमित भएका छन् । यसैबीच, विश्वव्यापी महामारी नोवेल कोरोना भाइरसका कारण हालसम्म विश्वभर संक्रमित हुनेको संख्या ७० लाख ८१ हजार नाघेको छ । अमेरिकी विश्व विद्यालय जन हपकिन्सका अनुसार कोरोना भाइरसका कारण विश्वभर ४ लाख ५ हजारभन्दा बढीको मृत्यु भएको छ भने ३४ लाख ५३ हजारभन्दा बढी स्वस्थ भएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here