काठमाडौं ।। कोरोना सङ्क्रमितको संख्या हरेक दिन उकालो लागि रहेको छ ।सबभन्दा धेरै सङ्क्रमित प्रदेश २ मा भेटिएको छ। त्यहाँ १ हजार १ सय ६१ सङ्क्रमित पाइएको छ। त्यसपछि प्रदेश ५ मा १ हजार ८१ जनामा सङ्क्रमण पाइएको छ।कर्णाली प्रदेशमा ६ सय ३३ जना सङ्क्रमित पाइएका छन भने प्रदेश १ मा २ सय ५९ बागमती प्रदेशमा ९२ गण्डकी प्रदेशमा १ सय ११ र सुदुरपश्चिम प्रदेशमा १ सय ११ जनामा सङ्क्रमण पाइएको विवरण स्वास्थ्य तथा जनसख्या मन्त्रालयले दिएको छ। रोल्पामा पनि सङ्क्रमित भेटिएपछि कोभिड १९ बाट प्रभावित जिल्लाको सख्या ७१ पुगेको छ। नेपालमा अब ६ जिल्लामा मात्र कोरोना पुग्न बाँकी छ । प्रदेश नं। १ का इलाम र ओखलढुंगा, वागमति प्रदेशको रसुवा, गण्डकी प्रदेशको मनाङ र मुस्ताङ तथा कर्णालीको पश्चिभम रुकुममा हालसम्म कोरोनाको संक्रमण पुगेको छैन । यसरी हेर्दा अब ६ जिल्ला मात्र सुरक्षित देखिएका छन् । नेपालमा हालसम्म कोरोना संकमितको संख्या ३ हजार ४४८ पुगेको छ । निको हुनेको संख्या ४६७ पुगेको छ भने मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
कोरोना सङ्क्रमण ७१ जिल्लामा फैलियो, अब ६ जिल्ला मात्र सुरक्षित
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।