काठमाडौं ।। आज आइतबार पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनंख्या मन्त्रालयका प्रवक्ता ड. विकास देवकोटाले अब नेपालमा संक्रमितको संख्या ३४४८ पुगेको जानकारी दिए ।
संक्रमित मध्ये अधिकांश क्वारेन्टिनमा बसेकाहरु रहेको मन्त्रालयले जनाएको छ। शनिबार तीन २३ संक्रमित थपिएका थिए। लगातार बढिरहेको संक्रमित दर आइतबार भने घटेको छ।
निको भएर फर्कनेको संख्या ४६७ पुगेको छ भने मृतकको संख्या १३ जना पुगेको छ। मन्त्रालयका अनुसार, आइतबारसम्म पीसीआर विधिबाट ९६ हजार २०५ जनाको परीक्षण गरिएको छ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।