रौतहट ।। नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमको आफनै घरमा बम बनाउन लाग्दा विस्फोट भई घाइते भएकाहरुलाई इटाभट्टामा हालेर मारिएको प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीद्धरा पक्राउ पर्नेमा इटाभट्टाका मिस्त्री बाराको सिम्रोनगढ नगरपालिका–४ का ५५ वर्षीय मुक्ति साह छन् । साहलाई शनिबार पक्राउ गरिएको डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए । मिस्त्री साह पूर्वमन्त्री तथा सांसद मोहम्मद अफताव आलमका सहयोगी रहेको प्रहरीले बताएका छन् ।
२०६४ साल चैत २८ को संविधानसभा निर्वाचनको अघिल्लो दिन चैत २७ मा चुनावमा बुथ कब्जा गर्ने उद्देश्यले आफैंले बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएकाहरूलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोपमा पक्राउ परेका पूर्वमन्त्री आलम अहिले कारागारमा छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here