बुटवल ।। रुपन्देहीको तिलोत्तमा १० कान्छीबजारमा ५ जनाको हत्या भएको छ । कान्छीबजारको मैनहवास्थित भैँसीफर्ममा काम गर्ने ५ जनाको गएाति हत्या भएको स्थानीय प्रदीप थापाले जानकारी दिनुभयो । स्थानीय कृष्ण पुनको भैँसी फर्ममा काम गर्नेले ५ जना साथी कामदारको हत्या गरी फरार भएको थापाको भनाइ छ । मृतकहरू को को हुन् भन्ने खुलेको छैन । गोठमा काम गर्ने पाँचजनाको हत्या गरी तन्नाले ढाकेर राखिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको उहाँले बताउनुभयो । प्रहरीले सुर्खेतका झपेन्द्र सिंजालीलाई पक्राउ गरेको छ । घटनास्थलमा कोदालो भेटिएकाले हत्यामा कोदालो प्रयोग भएको हुनसक्ने आशंका गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक खड्गबहादुर खत्रीले बताउनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here