काठमान्डु ।। सभामुख कृष्णबहादुर महराले, आफ्नै सचिवालयमा कार्यरत कर्मचारीमाथि दुर्व्यवहारको आरोप लागे पछि राजीनामा गर्न नेकपाको शीर्ष नेतृत्वले संकेत दिएका छन् ।
नेपाल कम्नीष्ट पार्टी एक शीर्ष नेताका अनुसार, महरासामु राजीनामा दिनु वा महाअभियोगको सामना गर्नुबाहेक अरू विकल्प छैनन् । महराले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्डसँग पनि मंगलबार बिहानै भेट गरिसकेका छन् । सभामुख महरामाथि लागेको आरोपबारे नेकपा शीर्ष नेताहरू भेला भएका छन् । सम्भवतः महराले आजै राजीनामा दिन सक्ने सम्भावना रहेको छ ।
नेकपा सचिवालयका एक सदस्यले भने, ‘पार्टी अध्यक्ष र प्रधानमन्त्रीले हिजो देखि नै महराजीलाई राजीनामाको संकेत गरि सक्नु भएको बताएका छन् । घटना क्रमहरू जसरी आए पनि महिलाको आरोपप छि तत्कालै सभामुख पदमा रहन नैतिक रूपमा मिल्दैन । उहाँले राजीनामा दिएर सत्य–तथ्य बाहिर ल्याउन प्रहरी सघाउनु उपयुक्त हुने विशलेषकहरुको भनाई रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here