रौतहट ।। रौतहटको पूर्वि भेग स्थित रहेको माधवनारायण नगरपालिका वडा नं ६ माधोपुरमा काली दुर्गे राधेश्याम गौरीशंकर सिताराम नवाह यज्ञ शुरु भएको छ । माधोपुरमा प्रत्येक वर्ष झै यस वर्ष पनि नवाह यज्ञ लागेको छ ।

यज्ञ शुरु हुनुभन्दा अघि असोज ११ गते हजारौ कुमारी कन्याहरुद्धारा बजागाजा सहित कलश शोभा यात्रा निकालिएको थियो । सिंगारमन धर्मपुर, खरकी रजवाडा, लगाएतका टोलहरुबाट हजारैको संख्यामा गएका कुमारी कन्याहरुले बागमति नदिबाट माटोको गागरीमा जल ल्याई माधोपुर ब्रहमबाबाको मन्दिर परिसरमा कलशको रुपमा स्थापना गरेका थिए ।

सो अवसरमा माधवनारायण नगरपालिकाका विभिन्न राजनितिक दलका व्यक्तित्व, समाजसेवी, किसान, बुद्धिजीवी, शिक्षक, विद्यार्थी लगाएतको विभिन्न गाजाबाजा सहित ठुलो संख्यामा मानिसहरुको सहभागिता रहेको स्थानीय संजय यादवले बताएका छन ।

हिन्दुहरुको महान पर्व दशैको अवसर पारेर माधोपुरको ब्रहम बाबाको मन्दिर परिसरमा हिजो आईतवार देखी शुर भएको दुर्गे राधेश्याम गौरीशंकर सिताराम नवाह यज्ञ असोज २१ गते सम्म लाग्ने छ । वडा अध्यक्ष राजीव यादवको विशेष पहल र सम्पूर्ण गाउँलेहरुको सहयोगमा भइरहेको यज्ञमा दुर्गे राधेश्याम गौरीशंकर सिताराम धुनमा भजन किर्तन भइरहेको वडा अध्यक्ष यादवका भाई सरोज यादवले बताएका छन । वडा अध्यक्ष राजीव यादव स्वंम आफै यज्ञको पुजामा बसेका हुन ।

यज्ञमा डिजे बाजामा बजिरहेको सिताराम दुर्गे राधेश्याम गौरीशंकर सितारामको धुनले पुरै गाउँ नै गुञ्जिएको छ । दशैमा नवाह यज्ञ गर्नाले गाउँ, नगर र समाजको कल्याण हुने र त्यसमा सहभागि हुनेले पापबाट छुटकरा पाईने र पुण्यको भागी हुने जनविश्वास रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here