रौतहट जिल्लाको राजदेवी नगरपालिकामा बुधवार सुत्केरी महिला तथा बाढ़ी पीड़ित परिवारलाइ राहत सामग्री वितरण गरिएको छ ! गौर नर्सिंग क्याम्पसमा आयोजना गरिएको कार्यक्रममा असल छिमेकी नेपाल कास्की पोखराको सहयोगमा राहत सामग्री बितरण गरिएको हो !

राजदेवी नगरपालिका वड़ा नम्बर १,३,५ का सुत्केरी महिला तथा वड़ा नम्बर ६ र ९ का बाढ़ी पीड़ित परिवारलाइ राहत दिइएको राजदेवी नगरपालिकाले जनाएको छ ! सुत्केरी तथा गर्भवती महिलाहरुलाई ऊनि टोपी ,उलेन सल , बेबी ब्लेंकेट आमाको लागि उलेन टोपी , घी आधा केजी , जवाइन २०० ग्राम , मेथी १०० ग्राम ,खानेतेल १ लीटर ,नुहाउने साबुन ३ पीस , लुगा धुनें साबुन ४ पीस गरी पैकिंग गरिएको सामग्री २३० जनालाइ वितरण गरिएको छ ! बाढ़ी पीड़ित परिवारलाइ चामल २५ किलो , दाल ३ किलो , नून १ किलो , चीनी १ किलो , चिउरा २ किलो , स्वाबीन आधा किलो , चायपत्ती २०० ग्राम टूथपेस्ट , टूथब्रस, सेनेटरी पैड , पोलर बलैंकेट मेडियम १ पीस , डबल लेयर बलैंकेट १ पीस , त्रिपाल १ थान , प्लास्टिक मैट १ पीस सामान राखिएको पैकिंग २५० जना परिवारलाइ दिइएको छ !

राहत वितरण कार्यक्रममा सम्वोधन गर्दै राजदेवी नगरपालिका नगर प्रमुख भिखारी प्रसाद यादवले बाढ़ीबाट सवै भन्दा बढ़ी क्षति किसानलाइ भएकोले किसानको क्षति पूर्ति दिलाउने समेत बताए ! बाढ़ीबाट प्रभावित भएका नगरपालिकाका स्थानीयलाइ संघ सस्थाको सहयोगमा सवैलाइ राहतको व्यवस्थापन समेत गराउने प्रतिबद्धता व्यक्त गरे ! राजदेवी नगरपालिकाको बाढ़ी पीड़ित परिवारलाइ सहयोग गर्ने संघ सस्था संग सहकार्य गर्न नगरपालिका त्यार रहेकोले इच्छुक संघ सस्थालाइ आवश्यक सहयोग गर्न आग्रह गरे !

नगरपालिकाले कृषि ,भौतिक पूर्वाधार, माछा ,तरकारी खेती लगायतका क्षति बारे विबरण संकलन गर्ने कार्य जारी राखेको जानकारी दिदै जसरी भएपनि किसानलाइ तथा प्रभावित परिवारलाई राहत दिलाउने बचन दिए ! पीड़ितलाइ हतास नहुन अनुरोध गर्दै मेयर यादवले पीड़ितको दुःखमा गर्दै आएको सहयोग निरन्तर जारी राख्न असल छिमेकी नेपाललाइ अपील गरे ! राहत वितरण कार्यक्रममा उपप्रमख राज कुमारी देवी , प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ , समाजसेवी नबीन सिंह , पवन साह , लगायतको सहभागिता रहेको थियो !

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here