मुम्बई ।। बलिउडका अभिनेता आमिर खान अब केही महिना चेन्नई बसने तयारीमा छन् । आमिर लामो समयदेखि मुम्बईमा बस्दै आएका छन् र त्यही काम पनि गरिरहेका छन् । तर अब उनले आगामी दुई महिना चेन्नईमा बस्नेछन् । चेन्नई बसनु व्यावसायिक र व्यक्तिगत कारणहरू रहेका छन्। अभिनेता आमिर खानको चेन्नई जाने कारण कामको लागि मात्र नभई उनकी आमा जीनत हुसैन पनि हो । आमिर आफ्नी आमासँग धेरै नजिक छन्। यस्तो अवस्थामा उनी चेन्नई गएर आमासँग बस्न लागेका छन् । भारतिय सञ्चारमाध्यमका अनुसार आमिर खानका लागि उनको परिवार पहिलो आउँछ। यस्तो अवस्थामा उनी अर्को दुई महिना चेन्नईमा बस्ने योजनामा छन् । आमिरकी आमा जीनत हुसैन अहिले चेन्नईको एक निजी अस्पतालमा उपचार गराइरहेका छन् । अभिनेता यो कठिन समयमा आमाको साथमा रहन चाहन्छन्। आमिरले आफ्नी आमाको उपचार केन्द्र नजिकैको होटेलमा बस्ने निर्णय गरेको छ, ताकि उनी आवश्यक पर्दा आमालाई भेट्न सकून्।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।