मुम्बई ।। बलिउडका अभिनेता आमिर खान अब केही महिना चेन्नई बसने तयारीमा छन् । आमिर लामो समयदेखि मुम्बईमा बस्दै आएका छन् र त्यही काम पनि गरिरहेका छन् । तर अब उनले आगामी दुई महिना चेन्नईमा बस्नेछन् । चेन्नई बसनु व्यावसायिक र व्यक्तिगत कारणहरू रहेका छन्। अभिनेता आमिर खानको चेन्नई जाने कारण कामको लागि मात्र नभई उनकी आमा जीनत हुसैन पनि हो । आमिर आफ्नी आमासँग धेरै नजिक छन्। यस्तो अवस्थामा उनी चेन्नई गएर आमासँग बस्न लागेका छन् । भारतिय सञ्चारमाध्यमका अनुसार आमिर खानका लागि उनको परिवार पहिलो आउँछ। यस्तो अवस्थामा उनी अर्को दुई महिना चेन्नईमा बस्ने योजनामा ​​छन् । आमिरकी आमा जीनत हुसैन अहिले चेन्नईको एक निजी अस्पतालमा उपचार गराइरहेका छन् । अभिनेता यो कठिन समयमा आमाको साथमा रहन चाहन्छन्। आमिरले आफ्नी आमाको उपचार केन्द्र नजिकैको होटेलमा बस्ने निर्णय गरेको छ, ताकि उनी आवश्यक पर्दा आमालाई भेट्न सकून्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here