काठमाडौं ।। एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले संयुक्त अरब ईमिरेट्स (यूएई) ए विरुद्ध ३ विकेटको जित निकालेको छ। यूएईले दिएको १५८ रनको लक्ष्य नेपालले २३ ओभरमा ७ विकेट गुमाउँदै पुरा गर्‍यो ।
नेपालका लागि कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गरे। ओपनिङ ब्याटर भुर्तेलले ४३ बल खेल्दै ९ चौका र ४ छक्कासहित ७१ रन बनाए। भुर्तेलले यूएईविरुद्ध नेपालका लागि ६ विकेट समेत लिएका थिए ।
ओपनिङ ब्याट्सम्यान अर्जुन साउद शून्य रनमै आउट हुँदा भुर्तेलले देव खनालसँगको साझेदारीमा उत्कृष्ट ब्याटिङ गरेका थिए। देव खनालले ३८ बलमा २४ रन बनाए। यस्तै, सन्दीप जोराले पनि २४ रन बनाए। १५ बल सामना गरेका उनले २ छक्का र १ चौका प्रहार गरे।
कप्तान रोहित पौडेलले ९ रन बनाए। गुलसन झाले ११ रन बनाउँदा पवन सर्राफ शून्य रनमा आउट भए। कुशल मल्ल २ तथा प्रतिस जिसीले ८ रन बनाए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here