काठमाडौँ ।। मधेसी आयोगले मधेस दिवस मनाउने निर्णय गरेको छ। आइतबार आयोगको कार्यालयमा बसेको आयोगको ८५ औँ बैठकमा आयोगले मधेस दिवस कहिले मनाउने सम्बन्धमा विज्ञहरूसँग छलफल गरेको छ।
आयोगका अध्यक्ष डा.विजयकुमार दत्तको अध्यक्षतामा बसेको सो बैठकमा पूर्वमन्त्रीद्वय लालबाबु पण्डित तथा अनिल झा, सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल, पूर्वन्यायाधीश लोकेन्द्र मल्लिक, लोकसेवा आयोगका पूर्वसदस्य ब्रह्मदेव राय, पूर्व सांसद सकलदेव सुतिहारसहितका विज्ञहरूसँग आयोगले मधेस दिवसको मिति निर्क्यौल गर्ने सम्बन्धमा छलफल भएको आयोगको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
आयोगले मिति निर्णय गरी आवश्यक निर्णय गर्नेसमेत प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएको छ।
आयोगले सबै सरोकारवालाहरूसँग मधेस दिवस मनाउन उपयुक्त मिति सम्बन्धी राय/सुझावसमेत सो प्रेस विज्ञप्तिमार्फत् माग गरेको छ।
‘मधेस दिवस’ मनाउने मधेसी आयोगको निर्णय
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।