रौतहट ।। देशको चौथो विद्यालयको रुपमा रहेको रौतहट सदरमुकाम गौर स्थित जुद्ध माध्यमिक विद्यालयमा गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले आइतवार फिल्टर सहितको वाटर चिलर प्लांट,सिलिंग फैन र बोरिंग कल हस्तान्तरण गरेका छन् । आरडीसी नेपालबाट उपलब्ध वाटर प्लांटलाई गौर नगरपालिका वडा नं. ९ सिर्सिया स्थित वडा कार्यालयमा पनि जडान गरिएको छ । आवश्यक बजेट सिमित रहेकोले सम्बन्धित निकाय र दातृ संस्थालाई गुहार लगाउनु परेको नगर प्रमुख साहले बताए । नगरलाई सहयोग गर्नु हुने संघ संस्थाहरु प्रति अभार सहित थप सहयोगको लागि अनुरोध समेत गरे ।
आइतवारकै दिन एक औपचारिक कार्यक्रमका बिच वडा नं. ८ पुरेनवामा नवनिर्मित वर्थिङग सेन्टर र वडा नं. ६ सबगढामा आधारभूत विद्यालयको दुई कोठे कक्षा भवनको उदघाटन नगर प्रमुख साहले गरेका थिए ।
विद्यालय भचवनको उदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख साहले अब शिक्षकहरुले विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनुपर्ने कुरामा जोड दिनुभयो ।
शिक्षक शिक्षिकाहरुले अधिकतम मेहनत गरी विद्यार्थीहरुलाई सक्षम वनाउन अहिलेको अपरिहार्य आवाश्यकता रहेको औंल्याउनु भयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here