धरान ।। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि उपमहानगरभित्र भारतीय चलचित्र ‘आदिपुरुष’ चल्न नदिने भएका छन्।
उनले सोमबार सामाजिक सञ्जालमार्फत् धरानका चलचित्रहलहरूलाई आदिपुरुष प्रदर्शन नगर्न निर्देशन दिएका हुन्। मेयर हर्क साम्पाङ राईले सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेका छन् ‘धरानमा आदिपुरुष प्रदर्शन नगर्नुहोला ।’
आदिपुरुषमा सितालाई ‘भारतकी बेटी’ भन्ने शब्द नहटाएसम्म नेपालमा हिन्दी चलचित्र रोक्ने भन्दै काठमाडौँ महानगरपालिका भित्र अन्य हिन्दी चलचित्र प्रदर्शनमा समेत रोक लगाइएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here