काठमाडाैं ।। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिने विश्वासको मतबारे पुस २६ गते नै निर्णय लिने भएको छ ।
शनिवार बसेको कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्रीले लिने विश्वासको मतबारे सोही दिन धारणा बनाउने निर्णय गरेको हो । प्रधानमन्त्री प्रचण्डले पुस २६ गते संसदमा विश्वासको मत लिँदैछन् ।
शनिवारको बैठकमा पुस २५ गतेदेखि शुरु हुने संसद अधिवेशनका पार्टीको भूमिकाका सन्दर्भमा छलफल भएको थियो । बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखक र संसदीय दलका नेता शेरबहादुर देउवाले मात्र बोलेका थिए । उनीहरूले संसदमा पार्टीले खेल्नुपर्ने भूमिकाका बारेमा सांसदहरूलाई निर्देशन दिएका थिए ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिन गरेको आग्रहका बारेमा छलफल भए पनि ठोस निष्कर्ष ननिकालिएको सांसद हृदयराम थानीले जानकारी दिए । विश्वासको मतबारे छलफल गर्न २६ गते बिहान ९ बजे संसदको ल्होत्से भवनमा बैठक बोलाइएको पनि उनले जानकारी दिए ।
विश्वासको मतबारे नेपाली कांग्रेसले पुस २६ मा निर्णय गर्ने
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।