काठमाडौं ।। एसिडपीडित मुस्कान खातुनको कथामा आधारित रहेर बन्न लागेको फिल्म ‘मुस्कान’मा वन तथा वातावरणमन्त्री प्रदीप यादव नखेल्ने भएका छन्। एउटा मन्त्रीको रूपमा धेरै जिम्मेवारी थपिएपछि फिल्म छायांकनका लागि समय नमिल्ने भन्दै यादवले फिल्म नखेल्ने बताएका हुन्।
सोमबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूले फिल्म नखेल्ने कुरा स्पष्ट पारेका हुन्। उनले लेखेका छन्, ‘समाजलाई सचेत बनाउने जनचेतनामूलक फिल्म बनाउन ,अभिनय गर्ने विषयमा केही समयअगाडि कलाकार श्री रमित ढुङ्गानाज्यूको प्रस्ताव आएको थियो। विभिन्न चरणमा छलफल पनि भयो तर अहिले थपिएको जिम्मेवारीका कारण मन्त्रालयको कामले नै समय अभाव भएको यहाँहरूलाई सर्वविदितै छ। देश,जनताको विकास र वन तथा वातावरण मन्त्रीको नाताले वन जङ्गल र वन्यजन्तुको संरक्षण एवम् संवर्द्धनका लागि गर्नुपर्ने धेरै कामको कार्य व्यस्तताका कारण फिल्मको छायाङ्कनका लागि समय नमिल्ने स्पष्ट पार्न चाहन्छु।’साथै आफूसँग सम्बन्धित समाचार सम्प्रेषण गर्नुअघि आफूसँग सम्पर्क गर्न पनि मन्त्री यादवले आग्रह गरेका छन्।
एसिडपीडित मुस्कानको कथामा आधारित बन्न लागेको फिल्म’मुस्कान’मा वन मन्त्री यादव नखेल्ने
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












