काठमाडाैँ ।। नेपालमा हरेक वर्ष एक करोडभन्दा बढी बिरुवा रोपिए पनि कति बिरुवा हुर्कन्छन् भन्नेबारे खोजी हुन सकेको छैन । वन तथा भु–संरक्षण विभागसहित देशभरका ८४ वटा डिभिजन वन कार्यालयले कम्तीमा प्रति कार्यालय एक लाखका दरले करिव ८५ लाख बिरुवा उत्पादन गर्दा प्रति बिरुवा १० रुपैयाँ खर्च हुन्छ भने उपभोक्ताई निःशुल्क वितरण गरिन्छ । यस बाहेक निजी नर्सरीले समेत बिरुवा उत्पादन गर्छन् । त्यसरी उत्पादित विभिन्न प्रजातिका बिरुवाहरू सरकारी तथा गैरसरकारी क्षेत्रले प्रत्येक वर्ष रोप्दै आएका छन् । केही समय अघि ५५ हजार बिरुवा रोपेको दोलखाको भीमेश्वर नगरपालिका ८ बोचको भित्तेरी पाखा सामुदायिक वनमा वन हेरालुको व्यवस्था नहुँदा हुर्काउने विषय चुनौतीपूर्ण रहेको समुहका अध्यक्ष ज्ञानबहादुर तामाङले बताउनुभयो । हरेक वर्ष करोडाँै बिरुवा रोप्ने तर ती बिरुवाको खोज खबर नहुनेभएपछि नेपालमा वन क्षेत्रभन्दा बढी बिरुवा रोपियो भन्ने आरोप सम्बन्धित निकायलाई लाग्ने गरेको छ । यसलाई मध्यजनर राख्दै निगरानी गर्न सहज होस् भन्ने उदेश्यले वनको निश्चित क्षेत्रमा वृक्षारोपण गर्ने, उन्नत किसिमका नर्सरीबाट उत्पादित बहुवर्षिय बिरुवा मात्रै वृक्षारोपण गर्नुपर्ने व्यवस्था गरिएको वन तथा भु–संरक्षण विभागका महानिर्देशक डा.राजेन्द्र केसीले जानकारी दिनुभयो । निजी तथा सरकारी क्षेत्र अनि विभिन्न आयोजना मार्फत बर्सेनि करिव १० करोड रुपैयाँ बिरुवा उत्पादन तथा रोपणमा खर्च हुने गरेको विभागको अनुमान छ । पूर्व सचिव डा. उदयराज शर्माले भने उत्पादन नदिने बिरुवामा खर्च हुँदा बिरुवा संरक्षण हुन नसकेको बताउनुभयो । नेपालमा सबैभन्दा पहिले वि.सं. २००२ सालदेखि औपचारिक रुपमा वृक्षारोपण सुरु गरिएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here