काठमाडाैं ।। आज अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवस विभिन्न कार्यक्रम गरि विश्वभर मनाइदैछ । बाल्यकालमा हुने क्यान्सरविरुद्ध जनचेतना जगाउनको लागि फेब्रुअरी १५ तारिखमा यो दिवस मनाउने गरिन्छ । हरेक वर्ष विश्वभर १९ वर्ष मुनिका झण्डै २ लाख ८० हजार जनामा क्यान्सर भएको पाइन्छ । आयस्तर उच्च भएका देशमा ८० प्रतिशत बालबालिकाहरूको उपचार सम्भव भएको पाइएपनि निम्न आय भएका देशहरूमा भनेँ २० प्रतिशत बालबालिका मात्र निको भएका पाइएको छ । नेपालमा भने एक तिहाइ बाल क्यान्सर रोगी मात्रै उपचारको पहुँचमा पुग्ने गरेको कान्ति बाल अस्पतालले जनाएको छ । रगतको कमी भई छाला सेतो देखिने, त्यतिकै रगत बग्ने, असाधारण रूपमा तौल घट्नु, खोकी निको नहुने, आँखाको सेतो नानी सानो हुँदै गएर दृष्टि गुम्ने, शरीर सुन्निने, पेट असामान्य रूपमा फुल्ने, बिहान अत्यधिक टाउको दुख्ने र बान्ता हुने, हड्डी दुख्ने चोट नलागी सुनिने, चाँडो गल्ने तथा चक्कर लाग्ने शरीरलाई सन्तुलनमा राख्न नसक्ने लक्षण देखिए आफ्ना बालबालिकालाई तत्काल अस्पताल लैजान डाक्टरले सुझाव दिएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here