दाङ ।। लुम्बिनी प्रदेश सरकारले आज विभिन्न कार्यक्रम गर्दै आफ्नो प्रदेश स्थापना दिवस मनाउँदै छ । प्रदेशको स्थायी राजधानी दाङमा स्थापना दिवस मनाउन लागिएको प्रदेश सरकारले जनाएको छ । प्रदेश सरकारको सबै काम कारवाही बुटवलबाटै हुँदै आएको भए पनि स्थापना दिवस भने दाङमा मनाउन लागिएको हो । कोभिड–१९ संक्रमणको जोखिमलाई ध्यान दिँदै सीमित संख्यामा सहभागी गराएर स्थापना दिवस मनाउन लागिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम केसीले जानकारी दिनुभयो । उहाँका अनुसार स्थापना दिवसमा प्रदेश सरकारले घोषणा गरेको पदक र विभूति प्राप्त गर्ने संस्था र व्यक्ति, कार्यक्रम आयोजना हुने स्थानीय तहका जनप्रतिनिधि, स्थानीय पालिकामै रहेका संघसंस्थाका प्रतिनिधिलाई मात्र आमन्त्रण गरिएको छ । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा समेत दिएको छ ।
स्थापना दिवस मनाउँदै लुम्बिनी प्रदेश सरकार, आज प्रदेशभर सार्वजनिक बिदा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।