एजेन्सी ।। विश्वभर कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ४१ करोड नाघेकाे छ । गत २४ घण्टामा १८ लाख ८२ हजार नयाँ सङ्क्रमित थपिएसँगै कोरोना पुष्टि हुनेको सङ्ख्या ४१ करोड ५ लाखभन्दा धेरै भएको हो । जसमध्ये ३३ करोडभन्दा धेरै निको भएका छन् । गत २४ घण्टामा १९ लाख २४ हजार निको भएसँगै कोरोना जित्नेको सङ्ख्या ३३ करोड ६ लाखभन्दा धेरै भएको कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरले जनाएको छ । २४ घण्टामा ७ हजार ७ सय सङ्क्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ५८ लाख २७ हजारभन्दा धेरै भएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।